काठमाडौं
  • खुल्ला समय

  • ०९:३० - ०५:०० आइ - शुक्र
  • काम गर्ने समय

  • १०:०० - ०४:०० आइ - शुक्र

By Basaha Saving

imageCategory: कर्जा

भविष्यमा भुक्तान गर्ने गरि लिइएको रकमलाई कर्जा वा ऋण भनिन्छ । सामान्यतया ऋण प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्दछ भने कर्जामा प्रत्क्षय तथा अप्रत्क्षय प्रत्याभुती पनि पर्ने गर्दछ । बैंकहरुले संकलित निक्षेप तथा पुँजी बिभिन्न क्षेत्रमा अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन कर्जा प्रदान गर्ने गर्दछ । यस अन्तर्गत बैंकले ब्यक्तिगत ग्राहकलाई सुन, चाँदी, मुद्दती रसिद, नेपाल सरकारको ऋणपत्र, ट्रेजरी बिल, राष्ट्रिय बचतपत्र, बिकास ऋणपत्र आदी धितो राखी कर्जा प्रदान गर्दछ ।

 ऋण(कर्जा) लिन पेश गर्नुपर्ने कागजातहरु

१.     परिचयात्मक कागजात
१.१   नागरिकताको प्रमाण पत्र वा पासपोर्टको (सक्कल तथा नक्कल १ प्रति)
१.२   हालसालै खिचेको फोटो २ प्रति
१.३   कुनै वित्तीय संस्था वा औपचारिक रुपमा दर्तावाल संस्थाले दिएको प्रतिष्ठाको प्रमाण पत्र

२.    सम्पतिको विवरण दिने कागजात
२.१  कुनै वित्तीय संस्था वा यस संस्थामा रहेको नगद ब्यालेन्स प्रमाणपत्र (सक्कल)
२.२  जग्गा दर्ता धनी पुर्जाको प्रतिलिपी १
२.३  जग्गा नामसारी राजिनामा प्रतिलिपी १
२.४  नापी नक्शाको ब्लु प्रिन्ट १
२.५  मालपोत कर तिरो तिरेको रसिद १
२.६  चार किल्ला प्रमाणित नापी बिभाग र वार्ड वा गा.बि.स. को प्रमाण पत्र
२.७  बिल्डिङ्खको नक्शा पास (निर्माण कार्यको लागि मात्र)
२.८  बिल अफ क्वान्टिटि १ (निर्माण कार्यको लागि मात्र)
२.९  जग्गा तथा घर मुल्यांकनको कागजात

३.    आम्दानीको कागजात
३.१     तलबी रोजगार गर्ने निवेदक भए
३.१.१  चाल महिनाको तलब बुझेको प्रमाण,
३.१.२  पद उल्लेख भएको बाँकी रहेको अवधि खुलेको रोजगारीको सम्भौता पत्र वा प्रमाण
३.२     पेन्सनर भए पेन्सन बुक
३.३     घरभाडा आम्दानी भए भाडा सम्झौता पत्र जसमा यो घर यति नम्बर कित्ता भनी उल्लेख होस्
३.४     पेशेवर भए
३.४.१  शैक्षिक तथा अभ्यासको प्रमाण पत्र
३.४.२  प्रमाणित आम्दानी विवरण
३.५    व्यवसायिक आम्दानी
३.५.१  लेखा परीक्षण भएको वित्तीय विवरण
३.५.२  वासलात
३.५.३  नाफा तथा नोक्सानको विवरण
३.५.४  नगद प्रवाह विवरण

 

ऋण(कर्जा)को प्रकार ब्याज दर

 

कर्जा शिर्षक वार्षिक  ब्याज दर
समदर घट्दोदर
कृषि कर्जाः   – १७ .००%
सामाजिक कर्जाः   – २०.००%
व्यापारिक कर्जाः   – २०.००%
हायर पर्चेज कर्जाः   – २१.००%
छोटो अवधि कर्जाः   – १९.००%
सामुहिक जमानी कर्जाः १७ .००% १९.००%
महिला उद्यमी कर्जाः १४.००% १९.००%
ओभर द्राफ्ट कर्जा:   – २०.००%
मुद्दति रसिद धितो कर्जा: (FDR)   – (थप )३.००%