काठमाडौं
  • खुल्ला समय

  • ०९:३० - ०५:०० आइ - शुक्र
  • काम गर्ने समय

  • १०:०० - ०४:०० आइ - शुक्र

संक्षिप्त परिचय

 

बसाहा बचत तथा ऋण सहकारी संस्थाको संक्षिप्त परिचय

यो संस्था सहकारी सिद्धान्तमा आधरित हुने गरी बचत तथा ऋण सहकारी संस्थाको रुपमा बचत तथा ऋणको कारोबार गर्ने उद्देश्य राखी स्थापना गरिएको हो । सामान्यरुपमा विश्वको उदार नीति र बिशिष्ट आर्थिक निति पछ्याई रहेको नेपालको परिवर्तित आर्थिक संरचनाले एक व्यक्तिको पूंजी भन्दा संकलित संयुक्त लगानीलाई जोड दिएको छ । यहिं परिवर्तित आर्थिक दृष्टिकोण र परिवर्तित आधुनिक शैलीमा सदस्यहरुका बिकाशलाई मुख्य उत्तरदायित्व मान्दै यो सहकारी संस्था वित्तीय र व्यवस्थापकीय पारदर्शिता तथा जवाफदेहिताको प्रण गर्दछ । बिकाशको मूल प्रवाह र भौगोलिक रुपमा अति पिछडिएको अवस्थामा रहेका नेपालीहरुका आर्थिक, सामाजिक तथा राजनैतिक सक्षमता बिकास गर्न यस संस्थाले सदस्य विस्तार गर्दै सहकारीताको माध्यमबाट देश बिकासमा टेवा पुर्‍याउनेछ भन्ने अपेक्षा राख्दछ ।

बसाहा बचत तथा ऋण सहकारी संस्था जिल्ला सहकारी डिभिजन कार्यालय काठमाडौमा सहकारी ऐन २०४८ को दफा ५ को आधारमा २०६४।१२।२१ (३ अप्रिल २००८) मा दर्ता भएको हो । यस संस्थाले वित्तिय कारोबार गर्ने गर्दछ । यो संस्था नेफ्स्कून र काठमाडौ जिल्ला बचत तथा ऋण सहकारी संस्थाको सदस्य रहेको छ ।

 

दर्ता तथा कानूनी अस्तित्व

१) संस्थाको नामः बसाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२)  दर्ता नंम्बरः १५२१ ।०६४ ।६५
३) ठेगानाः का.म.न.पा. वडा नं. ३४, काठमाडौ , नेपाल
४) दर्ता मितिः २०६४।१२।२१
५) कार्यक्षेत्रः का.म.न.पा. वडा नं. १, ९, १०, ३३ र ३४
६) दर्ता भएको कार्यालयः सहकारी बिभाग, कृषि तथा सहकारी मंत्रालय
७) अधिकृत शेयर पूँजीः रु. १,५०,००,०००।००
८) चुक्ता शेयर पूँजीः  रु. ५०,००,०००।००
९) ईमेलः basahacoop@subisu.net.np
१०) पोष्ट बक्स नम्बरः 8973 NPC 656-44