काठमाडौं
  • खुल्ला समय

  • ०९:३० - ०५:०० आइ - शुक्र
  • काम गर्ने समय

  • १०:०० - ०४:०० आइ - शुक्र

संस्थाको औचित्यता (हामी किन?)

छलफल गर्नुपर्ने केहि बुँदाहरु हेरौं

१) कोहि पनि व्यक्ति निरन्तर आम्दानीको अन्तर प्रवाह चाहन्छ । यहाँ यसरी निरन्तर आम्दानी हुने श्रोत उद्यमशील कार्य बाहेक अरु कुनै छैन । यो खुला बजार प्रणालीमा व्यवसायिक संस्थाहरु उपभोक्ताहरुका व्यवहार, नितीमा परिवर्तन र विश्वव्यापी परिस्थितिहरु बाट निर्धारित हुन्छन् ।

२) अत्यन्तै कम बचत गर्ने मानिसहरुले आपनो बचत परिचालनबाट आम्दानी आर्जन गर्ने मौका पाई रहेका छैनन् । यस्ता बचतहरुलाई पनि आय आर्जनका क्रियाकलापमा लगानी गर्न सकिन्छ । तर कसरी ? अनि कहां ? यदि लगानी गर्ने हो भने यो रकम फर्कने सम्भावना के छ ? लगानी भए यसको नाफा र मुलधन असुलीको जिम्मा कसले लिन्छ ?

३) अर्को तर्फ कम आम्दानी भएका मानिसहरु उद्यमी बन्न चाहन्छन्, यस्तो काम गर्न चाहन्छन् जुन भावी सन्ततीको लागि कार्यथलो बनोस् आधार होस् । जागिरे र पेशेवर छन् । जागिरे र पेशेवर व्यक्तिको दक्षता र बिशेषज्ञता उनको अशक्ततासंगै अशक्त भएर जान्छ, सन्तानको लागि आर्जित थोरै रकम मात्र रहन जाने हुन्छ । यहा पिताको क्षमाता र सीपको आधार सन्तानले पाउन्नन् । केहि गर्न पूंजी र सीप अत्यन्त आवश्यक हुन्छ । तर एउटा कमजोर पूंजी भएकाले कसरी उद्यम गर्न सक्छ ? त्यो कमजोरलाई यहांका वित्तीय संस्था तथा बैंकहरु ऋण दिन सिधै नकार्छन् । बैंक तथा वित्तीय संस्थाहरुमा गरिबहरुका लागि लघु ऋणको व्यवस्था भएपनि उनीहरुका पहुँच हुदैन । यसैले यी बैंक तथा वित्तीय संस्थाहरु कम पूंजी र श्रोत भएकाहरुका लागि अर्थहीन छन् ।

एक व्यक्तिको पूँजी भन्दा संकलित संयुक्त पूँजीको थैलोबाट आवश्यक भएका सदस्यको उत्पादनशील कार्यमा ऋण लगानीलाई गरी एकातर्फ संलग्न सदस्य र अर्को तर्फ संस्था आफै सबल बन्दै जानेमा जोड दिईएको छ । परिवर्तित आर्थिक दृष्टिकोण र परिवर्तित आधुनिक शैलीमा सदस्यहरुका बिकाशलाई मुख्य उत्तरदायित्व मान्दै यो सहकारी संस्था वित्तीय र व्यवस्थापकीय पारदर्शिता तथा जवाफदेहिताको प्रण गर्दछ । सदस्यहरुको अधिकतम सेवा र संतुष्टिलाई सम्बोधन गर्न संस्थाको रणनैतिक योजना तयार गरी संचालन गरिएको छ ।

पछाडि फर्केर हेर्दा संकटकालको प्रभावबाट वित्तिय कारोबारमा ह्रास आएको देखिन आएपनि धेरै जसो वित्तिय संस्थाहरुको मुनाफामा त्यत्ति प्रभाव परेको देखिन्न । सन् २०१० पछि नेपाल प्रवेश गर्ने ठूला बहुर्राष्ट्रिय कम्पनीहरुले हामी जस्ता कम आयस्तरका मानिसहरुलाई आयस्तर बढाउन मद्दत गर्नुको सट्टा साना तहका उद्यमीहरुको शोषण हुने देखिन्छ । यति बेला नेपालका ठूला बैंकहरु ती बिदेशी बैंकहरुसँग प्रतिस्पर्धा गर्न एकअर्कामा मिल्ने छन् । यी एकअर्कामा विलय भएका बैंकहरुले पनि हाम्रो हित भन्दा आफु स्थापित हुन सुरक्षित लगानी गर्ने प्रष्ट देखिन्छ । तसर्थ, यी तल्ला तहका उद्यमीहरुलाई चाहिएको बेला ऋण सुविधा दिन र अल्प आवधिक पूँजी परिचालन गर्न हामी जस्तै तहका मानिसहरुले वित्तिय कारोबार गर्नैपर्ने देखिन्छ । यहाँ भन्न खोजिएको ती ठूला बैंकसँग प्रतिस्पर्धाको कुरा नभएर आप्नो तहका मानिसहरुका हित आ–आप्नो आपसी मद्दतको हो । अथवा, बहुलवादी समाज भएपनि यो मध्यम तहका मानिसहरुको बचत तथा लगानी पकड राख्ने राय हो । प्रतिस्पर्धात्मक किसिमको बजारलाई समात्न, आफ्ना सन्ततिलाई व्यवसायिता सिकाउन गैर बैंकिङ्ग संस्थाको रुपमा बसाहा बचत तथा ऋण सहकारी संस्था बैंकले टेवा पुर्‍याउन नसकेकाहरुलाई सेवा पुर्‍याउन स्थापना भएको छ । यस संस्थामा लगानीका फाईदाहरु यसरी उल्लेख गर्न सकिन्छ ।

क) उद्यमशील संस्कृतिको बिकास गर्न सकिने,

ख) अत्यन्त जरुरी वित्तिय आवश्यकता पूर्ति गर्न,

ग) रोजगारको अवसरको लागि,

घ) ज्ञान, सीप र प्रवृति बिकाश गर्न,

ङ) जीवन पर्यन्त आम्दानीको लागि,

च) आदान प्रदान र सिकाईको लागि,

छ) बचत गर्ने बानीको लागि ।