काठमाडौं
  • खुल्ला समय

  • ०९:३० - ०५:०० आइ - शुक्र
  • काम गर्ने समय

  • १०:०० - ०४:०० आइ - शुक्र

संस्थागत संरचना तथा सुसाशन

बसाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालनको लागि प्रत्येक ३ वर्षमा हुने साधारण सभाबाट ९ सदस्यिय संचालक समिति छानिने व्यवस्था छ । संस्थाले बार्षिक रुपमा साधारण सभा गराई संस्थाको कारोबार तथा प्रगति अनुमोदन गर्ने गर्दछ । संचालक समितिले संस्थाको दैनिक कारोबार संचालनको लागि प्रबन्ध निर्देशकलाई कार्यभार दिने गर्दछ । प्रबन्ध निर्देशक संचालक समिति, सहयोगी, सहपाठी व्यक्ति तथा संस्था प्रति जवाफदेहि हुने गर्दछ । संचालक समितिले संस्था संचालनको लागि नितिगत तथा रणनैतिक योगदान दिने गर्दछ ।

साधारण सभाले लेखा व्यवस्थापन निरीक्षण तथा नियन्त्रण गर्न लेखा संयोजकको नेतृत्वमा ३ सदस्यिय लेखा सुपरिवेक्षण समिति गठन गर्ने गर्दछ । यो समितिले वित्तीय कारोबार सहि राख्न तथा साधारण सभामा पेश गर्न वर्षमा कम से कम ३ पटक बैठक गरेको हुनु पर्दछ । साथसाथै ऋण प्रवाह सुपरिवेक्षण, निरीक्षण, अनुगमन र शिफारिशको लागि कर्जा संयोजकद्वारा नेतृत्व गरिएको ३ सदस्यिय ऋण(कर्जा) उपसमिति गठन गरिएको छ । यो समिति आवश्यकता बस जति बेला पनि बैठक बस्न सक्दछ ।

संस्थाको संस्थागत संरचना यस प्रकार छ ।