यो संस्था सहकारी सिद्धान्तमा आधरित हुने गरी बचत तथा ऋण सहकारी संस्थाको रुपमा बचत तथा ऋणको कारोबार गर्ने उद्देश्य राखी स्थापना गरिएको हो । सामान्यरुपमा विश्वको उदार नीति र बिशिष्ट आर्थिक निति पछ्याई रहेको नेपालको परिवर्तित आर्थिक संरचनाले एक व्यक्तिको पूंजी भन्दा संकलित संयुक्त लगानीलाई जोड दिएको छ । यहिं परिवर्तित आर्थिक दृष्टिकोण र परिवर्तित आधुनिक शैलीमा सदस्यहरुका बिकाशलाई मुख्य उत्तरदायित्व मान्दै यो सहकारी संस्था वित्तीय र व्यवस्थापकीय पारदर्शिता तथा जवाफदेहिताको प्रण गर्दछ । बिकाशको मूल प्रवाह र भौगोलिक रुपमा अति पिछडिएको अवस्थामा रहेका नेपालीहरुका आर्थिक, सामाजिक तथा राजनैतिक सक्षमता बिकास गर्न यस संस्थाले सदस्य विस्तार गर्दै सहकारीताको माध्यमबाट देश बिकासमा टेवा पुर्याउनेछ भन्ने अपेक्षा राख्दछ ।
बसाहा बचत तथा ऋण सहकारी संस्था जिल्ला सहकारी डिभिजन कार्यालय काठमाडौमा सहकारी ऐन २०४८ को दफा ५ को आधारमा २०६४।१२।२१ (३ अप्रिल २००८) मा दर्ता भएको हो । यस संस्थाले वित्तिय कारोबार गर्ने गर्दछ । यो संस्था नेफ्स्कून र काठमाडौ जिल्ला बचत तथा ऋण सहकारी संस्थाको सदस्य रहेको छ ।
सबैका लागि एक एकका लागि सबै
भविष्यमा भुक्तान गर्ने गरि लिइएको रकमलाई कर्जा वा ऋण भनिन्छ । सामान्यतया ऋण प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्दछ भने कर्जामा प्रत्क्षय तथा अप्रत्क्षय प्रत्याभुती पनि पर्ने गर्दछ । बैंकहरुले संकलित निक्षेप तथा पुँजी बिभिन्न क्षेत्रमा
थप पढ्नुहोस्बचत खाता(अङ्ग्रेजी: Saving Account) जनताको आयबाट बचत गर्नको अभिप्रेरित गर्नको लागी थोरै रकमबाट खोल्न सकिने खातालाई भनिन्छ । यस्तो खाताको उद्देश्य निम्न तथा मध्यमवर्गका मानिसहरूको वचत गर्ने भावना जागृत गराउनु हो ।
थप पढ्नुहोस्आवधिक खाता (अङ्ग्रेजी: Fixed Term Deposit Account) निश्चित प्रतिशत ब्याज प्रदान गरि तोकिएको समय पश्चात मात्र झिक्न सकिने खोलिएको खातालाई भनिन्छ । यस्तो खातामा एक निश्चिच अवधीको लागि मात्र रकम राख्न सकिन्छ ।
थप पढ्नुहोस्